सोमबार, वैशाख ३१, २०८१

नेपाली बजारमा बोटका तीन नयाँ प्रोडक्ट सार्वजनिक

नेपालखोज २०८० साउन २ गते १२:२६

काठमाडौं । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिलेबोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो ।

कम्पनीका अनुसार ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७ रेटिङ पाएको छ । यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ । यसलाई फूल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एक पटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ । स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटनहरू उपलब्ध गराइएको छ । ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २ हजार ६९९ रुपैयाँ तोकेको छ ।

यस्तै कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच । ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकता अनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ । यस्तै कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । यो स्मार्टबाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ । यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड र ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ ।२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चार्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ । कम्पनीले स्टोर्म कलको मूल्य ४ हजार ४९९ रुपैयाँ तोकेको छ ।

यस्तै बोटले नेपाली बजारमा सार्वजानिक गरेको वेभ बिट स्मार्टवाचमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ । मल्टिपल एक्टिभ स्पोर्ट मोड अन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ । साथै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ ।

२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चार्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ । वेभ बिटको मूल्य ३ हजार ४९९ रुपैयाँ तोकेको छ ।

यी सबै उपकरण सोमबारदेखी दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै दराजले यी उपकरणहरुका लागी विशेष अफरहरू ल्याएको छ । यसअन्तर्गत पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई एक हजार रुपैयाँ छुट दिने भएको छ ।

त्यस्तै सोमबार दिउँसो १२ बजे हुने दजारको लाइभ सेसनमा “फास्टेस्ट फिङ्गर फ्रस्ट” भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले वेभ विट मात्रै ३४ रुपैयाँमा पाउनेछन् । उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्नेछ ।

प्रतिक्रिया