आइतबार, वैशाख १६, २०८१

जुंगे महादेव

सुनील उलक २०८० साउन ३ गते ८:१४

नेपालगञ्जमा एक महादेव छन् जसको जुंगे छ । जुंगे महादेवको नामले प्रख्यात यो मुर्ति नेपालमा एक मात्रै जुङ्गा भएको महादेवका रुपमा लिने गरिन्छ । हुन त गणेश बाहेक अन्य देवताहरुका जुङ्गा भएका तस्विरहरु मनग्गे देख्न सकिन्छ । भनिन्छ शुरुमा सबै देवताहरु दाह्री जुङ्गा नभएका सफा अनुहार भएका नै थिए । पछि विभिन्न देवताहरुका जुंगे राख्न थालियो । यस्तै नेपालगञ्जको जुङ्गे महादेवको कथा पनि यस्तै छ ।

नेपालगञ्जका बडाहाकिम प्रकाश शमशेर जुंगे बहादुर राणाले बागेश्वरी मन्दिर परिसरमा रहेको सिद्धपोखरीको मर्मत गर्नुका साथ साथै पोखरीको बिचमा महादेवको मन्दिर बनाउन लखनउबाट मुस्लिम कालिगढलाई बोलाएछ । यो बि‍।सं। २००६ सालको कुरा हो । हुन त कालिगढलाई खडा रहेको खडेश्वर महादेवको मुर्ति बनाउन नै लगाइएको थियो । मुर्ति बनाउँदा कुनै फलामका रडहरु राखिएको थिएन । र पनि खडा नै रहनका लागि सन्तुलन मिलाएर बनाइएको थियो ।

मुर्ति बन्दै गयो तर अन्तमा अनुहार बनाउने बेलामा मुस्लिम कालिगढ असमञ्जस्यमा परे । धेरै सोचे के गर्ने कसो गर्ने । अन्तमा उनले महादेवको जुन किसिमको अनुहार बनाए । त्यो अन्य भन्दा भिन्न थियो । अनुहारमा मुठे जुङ्गा थियो । साथै अनुहारमा राणाजीहरुको रोब देखिन्थ्यो । अझ भनिन्छ यो अनुहार र जुङ्गा पनि बडाहाकिम प्रकाश शम्शेरको नै हो । खैर यस सुनेका कुरालाई प्राथमिकतामा नराखौ । तर पनि अनुहार हेर्दा हामीले सोच्ने वा अन्यत्र देखेका महादेवको झै अनुहार भने देखिदैन ।

जुङ्गे महादेव पनि यस अर्थमा भनौ भने ७४ वर्षको बुढो भयो । अर्को वर्ष जुङ्गे महादेवको हिरक जयन्ती हुनुपर्ने हो । शायद यसैले पनि होला । अहिले जुङ्गे महादेवको मन्दिरको पुलको तथा पोखरीको पूननिर्माण हुदैछ । महादेव दर्शन गर्न जाने र दर्शन गरिसकेका फर्कने दुइ अलग अलग पुल बनाउने योजना छ । महादेवको बाँया तर्फ पोखरीको बिचमा फोहरा पनि बनाउने योजना रहेको छ ।

हेरौ तस्विरहरुमा जुङ्गे महादेव । शुरु तिरको, २०३० सालको र २०८० सालको । समयसंग संगै महादेवको पहिरन र सजावटमा पनि परिवर्तन आएको देखिन्छ ।

प्रतिक्रिया