एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान
नेपालखोज
२०८० साउन ३ गते ७:०३

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । उनी यही साउन ८ गते स्वदेश फर्कने छन् ।
सम्बन्धित
प्रतिक्रिया