सिनामंगलमा शंकास्पद वस्तु भेटियो, अनुसन्धान हुदैँ
नेपालखोज
२०८० साउन ३ गते १०:४१

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।
शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया