बुधबार, जेठ १, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ३ गते २३:१४

त्रिवि विमानस्थलबाट सुन ८० किलोभन्दा माथि बरामद, तीन पक्राउ ।

नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सुरु गर्ने तयारी ।

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने ।

काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदन भत्काउन सुरु, संरचना तत्काल नभत्काउन अदालतको अल्पकालीन अन्तरिम आदेश ।

ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा ।

नेप्सेको उकालो यात्रा कायमै, ११ अंकले बढ्दा तीन अर्ब ३४ करोडको सेयर किनबेच ।

अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु ।

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा पन्ध्र जनाको मृत्यु ।

एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा युएई बिरुद्व नेपालको सहज जीत ।

प्रतिक्रिया