सोमबार, वैशाख १७, २०८१

डेंगु : सुरक्षित रहौं, नियन्त्रण गरौं !

नेपालखोज २०८० साउन ४ गते ८:००

डेंगुका मूख्य लक्षणहरू :

– उच्च ज्वरो आउनु

– जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु

– आँखाको गेडी दुख्नु

– बेस्सरी टाउको दुख्नु

– शरीरमा राता बिमिराहरू आउनु

– वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगीबाट बच्ने उपाय :

– एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुने ।

– आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मल्हम लगाउने ।

– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

– बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने

– पूरै शरिर ढाक्ने लुगा लगाउने ।

– पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।

– काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।

– घररविधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने ।

– कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्रो सँग सफा गर्ने ।

डेंगीको लक्षण देखिए के गर्ने ?

– स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

-घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउने र जीउ दुखेको कम गर्ने प्यारासिटामोल बाहेक ब्रुफिन ( एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।

– अस्पताल भर्ना हुन सल्लाह दिए तुरुन्त भर्ना हुने ।

(चिकित्सकको सल्लाह नलिई कुनै पनि औषधी सेवन नगर्ने ।)

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया