नकारात्मक सोचमा गरिएको काममा सफलता मिल्दैन !

नकारात्मकताका कारण बन्ने काम पनि बिग्रन्छन् । नकारात्मक सोच राखेर काममा सफलता पाउनु भनेको आँपको रुखमा गुलाब फुल्नु जस्तै हो । सकारात्मक रहन सकियो भने कठिन काममा पनि सफलता मिल्छ । यदि पहिलो प्रयासमा सफलता प्राप्त भएन भने दोस्रो प्रयास गर्नुपर्छ र सफलता प्राप्त नभएसम्म प्रयास गरिरहनुपर्छ।
नकारात्मकता त्याग्नुहोस् र सकारात्मक बन्नुहोस्। जसको दृढ संकल्प बलियो हुन्छ, उ धेरै पटक असफल भएर पनि निराश हुदैन् र अन्तमा सफलता प्राप्त गरेरै छाड्छ । जसले सिक्न छाड्छ उ चाँडै असफलताको भीडमा सामेल हुन्छ । यदि तपाईं निरन्तर सिक्दै हुनुहुन्छ भने तपाइँ निश्चितरूपमा अगाडि बढ्नुहुनेछ ।
यदि जीवनमा सन्तुलन कायम राख्ने हो भने हामि सधैं खुसी रहन सक्नेछौं । सन्तुलन बिग्रिएपछि समस्या बढ्न थाल्छ । यदि कुनै व्यक्ति पहिलो प्रयासमा सफल भएन भने उसले निराश नभई फेरि प्रयास गर्नुपर्छ । असफलताबाट सिकेर सकारात्मकताका साथ काम गरियो भने अवश्य सफलता मिल्नेछ ।
प्रतिक्रिया