शनिबार, वैशाख १५, २०८१

सेलिब्रेटीका छोरीहरुको छुट्टै पहिचान

नेपालखोज २०८० साउन ४ गते १६:४७

काठमाडाैं । स्टार किड हुनुका आ-आफ्नै किसिमका फाइदा-बेफाइदा छन् । बाबू-आमाको पद चिन्ह पच्याउँदै फिल्मी दुनियाँमा कदम बढाउनुका अतिरिक्त स्टार किड्सहरू अरु पनि धेरै काम गर्छन् ।

आउनुहोस् जानौं सेलेब्सका छोरीहरू जसले आफ्नो छुट्टै पहिचान बनाएका छन् उनिहरुको काम

श्वेता बच्चन र निखिल नन्दाकी छोरी तथा अभिताव बच्चनकि नातिनि नव्या नन्दा नवेलीले फिल्मी दुनियाँमा प्रवेश गर्न चाहिनन । उनले मुम्बईका महिलाहरूका लागि स्वास्थ्य र कल्याणकारी प्लेटफर्म प्रोजेक्ट नावेली नामक गैर-लाभकारी संस्था स्थापना गरेकी छिन् ।

अनिल कपुर पुत्री रिया कपूर फेसन डिजाइनर तथा सेलिब्रेटी स्टाइलिस्ट हुन् । रिया र सोनम कपूरसँग मिलेर स्थापना गरिएको फेशन लाइन रिजनकी मालिक हुन रिया कपूर । उनले विभिन्न कार्यक्रम तथा फिल्महरूका लागि धेरै स्टारको पहिरन डिजाइन गरेकी छिन्।

अंशुला कपूर बोनी कपूर र मोना शौरी कपूरकी छोरी हुन् । २०१२ मा आफ्नो शिक्षा पूरा गरेपछि अंशुलाले ह्याबिटेट फर ह्युम्यानिटी इन्टरनेशनलको आर्थिक सशक्तिकरण कार्यक्रमका लागि टिम निर्माणकर्ताका रूपमा काम गरिन् ।

महेश बाबुकी छोरी सिताराले हैदराबादको अग्रणी ज्वेलरी ब्रान्ड पीएमजे ज्वेलर्सको मोडलका रूपमा काम गरिन् ११ वर्षकै उमेरमा । त्यसपछि उनि टाइम्स स्क्वायर बिलबोर्डमा देखा पर्ने पहिलो स्टारकिड बनिन्।

प्रतिक्रिया