बुधबार, जेठ १, २०८२

चीनको पुरातन सम्पदा जलवायु परिवर्तनका कारण खतरामा

नेपालखोज २०८० साउन ५ गते ५:४१

चीनमा पुरातन बुद्ध भित्तेचित्रहरू जलवायु परिवर्तनका कारण अभूतपूर्व वर्षाको जोखिममा छन्। यो धरोहर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ जहाँ गुफाहरूमा रहेका चौथो शताब्दीका गुम्बाहरू पहिले नै क्षतिग्रस्त भैसकेका छन् । यो साइट उत्तरपश्चिमी चीनको गान्सु प्रान्तमा अवस्थित छ । वातावरणीय समूह ग्रीनपीसले उक्त क्षेत्रमा अत्यधिक वर्षाको पानी र बढ्दो आर्द्रताका कारण यी गुफाहरूमा बनाइएका प्राचीन चित्रहरू क्षतिग्रस्त भएको बताएको छ। अचानक उच्च आर्द्रता स्तर, अचानक बाढी तथा गुफा धस्ने काम सबै अहिले नै भइरहेको छ – ग्रीनपीस पूर्वी एशियाको बेइजिङ कार्यालयका वरिष्ठ अनुसन्धानकर्ता ली शाओले भने ।

अत्यधिक वर्षाले क्षति

ग्रीनपीसका अनुसार गान्सुमा कूल पानीको स्तर २००० को तुलनामा बढेको छ तर वर्षा भएका दिनको संख्या भने घटेको छ अर्थात् कम दिनमा बढी पानी परिरहेको छ । यो प्रान्तको तापक्रम पनि विश्वको औसतभन्दा बढेको छ । हाल चीनमा राष्ट्रिय स्तरमा सांस्कृतिक सम्पदाको सर्वेक्षण चलिरहेको छ तर यो सर्वेक्षण पूरा हुँदासम्म देशका केही सम्पदा सदाका लागि गायब हुने सम्भावना भएको लीले चेतावनी दिए । ली भन्छन्- हामीले भ्रमण गरेका साइटहरू चीनको सबैभन्दा राम्रो वित्त पोषित सांस्कृतिक सम्पदा साइटहरू हुन् जसमा उल्लेखनीय कर्मचारीहरू छन्। लीले भने ( देशभरि सयौं यस्ता साइट पनि छन् जुन कम वित्त पोषित छन् यद्यपि ती मनमोहक छन् तर तिनका बारेमा प्रयाप्त अध्ययन गरिएको छैन। यी ठाउँहरूले पनि उस्तै खतराहरू सामना गरिरहेका छन् ।

यस्तो खतरा रहेको गान्सु प्रदेश मात्र होइन । गत महिना बेइजिङमा रहेको वातावरणीय समूह फ्रेन्ड्स अफ नेचरले सामान्यतया सुख्खा उत्तरी प्रान्त शान्सीमा भारी वर्षाले पुरातन भवनहरूलाई क्षति पुगेको बताएको थियो। ती मध्ये केही भवन एक हजार वर्ष भन्दा पुराना छन् ।

समूहले जिन्सी मन्दिर तियानलोङ्शान गुफाहरू ध्वस्त भएको रिपोर्ट गरेको छ । दुवै राष्ट्रिय सम्पदा क्षेत्र हुन् । यसबाहेक प्रदेशका पुराना टावर तथा पर्खालहरू पनि असामान्य रूपमा भारी वर्षाका कारण क्षतिग्रस्त भएका छन् ।

रोयटर्स

प्रतिक्रिया