सोमबार, वैशाख २४, २०८१

मन्त्री मोदीले गरे किताबखानाको छड्के अनुगमन

नेपालखोज २०८० साउन ५ गते ११:३२

काठमाडौं । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीकारूपमा आउने सरकारी कर्मचारीलाई समेत विभेद रहित ढंगले सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

बिहिवार राष्ट्रिय किताबखाना (निजामती) को आकास्मिक छड्के अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुख दिने कर्मचारीलाई कारबाही गरिने बताए । त्यस क्रममा सेवाग्राहीका रूपमा किताबखानामा आएका कर्मचारीसंग छलफल गर्दै मन्त्री मोदीले सेवा वितरणमा गुनासा भए त्यसको जानकारी आफुलाई गराउन निर्देशन दिए ।

कर्मचारीहरू समयमै कार्यालयमा नआउने र पुरा समय कार्यालयमा नबस्ने गुनाको आएपछि आफुले छड्के निरिक्षण गरेको बताउदै मन्त्री मोदिले शहरमा मात्र र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा समेत सरूवा गरिने बताए ।

‘कोही कर्मचारी एउटै ठाउँमा बसी सिण्डीकेट कायम गर्छ भने म त्यस्तो कर्मचारिलाई दुर्गममा सरुवा गर्छु’ उनले भने । पछिल्लो समय मन्त्रालयका सचिव लगायतका कर्मचारीको समेत हाजिरि छड्के गरेका मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।

उक्त अवसरमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले किताबखानाबाट धेरै जसो सेवाहरू अनलाइनमा वितरण हुने गरेको, भवन आफ्नै नहुदा सेवा प्रवाह जटिल भएको बताए ।

किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ ।

हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन्।यस आ.व. २०८०/०८१ मा कूल २२ सय ६१ कर्मचारी अवकाशमा जादै छन् ।

प्रतिक्रिया