शनिबार, जेठ ५, २०८१

यी हुन् विश्वका उत्कृष्ट विश्वविद्यालय

नेपालखोज २०८० साउन ५ गते १७:३०

काठमाडाैं । उच्च शिक्षा व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था क्यूएस वर्ल्डले विश्वका एक हजार विश्वविद्यालयको वरीयता सार्वजनिक गरेको छ । क्युएस वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङका अनुसार विश्वका उत्कृष्ट २० विश्वविद्यालयमध्ये ६ वटा अमेरिकामा छन् भने म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी पहिलो नम्बरमा परेको छ ।

शीर्ष २० विश्वविद्यालयको सूचीमा अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ( MIT ) बाहेक, हार्वर्ड (चौथो), स्ट्यानफोर्ड (पाँचौ), क्यालिफोर्निया (दसौं ), शिकागो (एघारौं ), कर्नेल (बारौं), पेन्सिलभेनिया (तेरौं), क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (पन्धौं ), येल (पन्धौं) तथा प्रिन्सटन (सत्रौं) स्थान पाएका छन ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालय विश्वको दोस्रो उत्कृष्ट विश्वविद्यालय मानिएको छ । यसबाहेक अक्सफोर्ड (तेस्रो ), इम्पेरियल कलेज लन्डन (छैठौं ) तथा युनिभर्सिटी कलेज लन्डन (नवौं ) गरी बेलायतका कुल चार विश्वविद्यालय शीर्ष २० मा परेका छन् ।

अष्ट्रेलियाका तीन विश्वविद्यालय

अष्ट्रेलियाका तीन विश्वविद्यालयले शीर्ष २० मा स्थान पाएको यो पहिलो पटक हो। यसपटक मेलबर्न (चौधौं), यूएनएसडब्ल्यू (उन्नाइसौं ) तथा सिड्नी युनिभर्सिटी (उन्नाइसौं) स्थानमा छन् ।

चीनको पेकिङ युनिभर्सिटीलाई विश्वको सत्रौं उत्कृष्ट विश्वविद्यालयको दर्जा दिइएको छ। सिङ्गापुरको एक विश्वविद्यालय (आठौं) र स्विट्जरल्याण्डको ईटीएच (सातौं) ले पनि यो सूचीमा स्थान पाएका छन् ।

भारतको नाम १,००० विश्वविद्यालयको सूचीमा १७२ नम्बरमा आउँछ । य‍ो उपलब्धि आईआईटी मुम्बईले हासिल गरेको हो । भारतीय विज्ञान संस्थान (१८५) र आईआईटी दिल्ली (१९३) पनि शीर्ष २०० भित्र परेका छन् ।

प्रतिक्रिया