बिहीबार, वैशाख २०, २०८१

बिपीको ४१औँ स्मृति दिवसमा फलफूल वितरण

नेपालखोज २०८० साउन ६ गते १४:१३

ताप्लेजुङ । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वं विश्वेश्वरप्रसाद कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

आज पार्टीका जिल्लास्तरीय नेता तथा नेविसङ्घका कार्यकर्ताले जिल्ला अस्पतालमै पुगेर उपचाररत रहेका बिरामीलाई फलफूल वितरण गरेका हुन् । उपचाररत २४ बिरामीलाई फलफूल वितरण गरिएको नेविसङ्घका कार्यवाहक जिल्ला सभापति अर्जुन तिवारीले जानकारी दिए ।

यसैबीच फलफूल वितरण कार्यक्रमकाबीच पार्टीका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका संस्थापक नेता कोइरालाको योगदानलाई भुल्न नहुने बताए ।

स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा माल्यापर्ण कार्यक्रम गरेको छ भने जिल्लाका नौवटै स्थानीय तहमा वृक्षरोपणका कार्यक्रम गरिए पार्टी सभापति तुम्याहाङले जानकारी दिए ।

संसदीय निर्वाचनपछि वि.सं २०१६ मा कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको वि.सं १९७१ मा जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया