स्तनपानका लागि आमाको तत्परता   

नेपालखोज २०८० साउन ७ गते ७:५६

 शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ ।

आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ । आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन ।

६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्छ ।

सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ ।

सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात तरकारी तथा फलफूल, पशुपन्छीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्ने चिन्ता लिने, धूमपान तथा मद्यपान गर्नु हुँदैन ।

स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।

स्तनपान गराउँदा शिशुले आमाको भावना बुझ्ने हुनाले, आमाले खुसी हुने, हाँस्दै रमाउदै, जिस्कदै खुवाउनुपर्छ । जसले गर्दा शिशु पनि खुसी हुने र आमाको दुध प्रशस्त आउन सजिलो हुन्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया