साउन ७ : पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस

सुनिल उलक २०८० साउन ७ गते १०:२३

सहिद गंगालाल श्रेष्ठका माहिला भाइ पुष्पलाल श्रेष्ठको जन्म १९८१ साल असार १५ गते रामेछापको भंगेरीमा भएको थियो ।

उनले २००६ साल बैशाख १० गते कलकत्तामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठको साथ मिलेर नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरेका थिए । सो दिन सर्वहारा नेता लेनिनको जन्मदिन पनि परेको हुँदा सोही दिनलाई नै स्थापना दिवसको रुपमा रोजेका थिए ।

उनको २०३५ साउन ७ गते दिल्लीमा उपचारको क्रममा निधन भएको थियो । उनकी श्रीमती सहाना प्रधान पनि राजनीतिमा नै होमिएकी थिइन् ।

यो तस्विर स्व. पुष्पलाल श्रेष्ठको साथ श्रीमती सहाना प्रधान, छोरा उमेश र छोरी उषाको साथमा भक्तपुर सूर्यविनायकमा पारिवारिक वनभोजको समय खिचिएको थियो ।

स्व. पुष्पलाल श्रेष्ठ प्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया