कम्बोडियामा राष्ट्रिय निर्वाचन जारी

कम्बोडिया । कम्बोडियामा आइतबार बिहानदेखि राष्ट्रिय निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि सुरु निर्वाचनमा ९ करोड ७० लाखले मतदान गर्दैछन्।
करिब १६ करोड जनसंख्या भए पनि उक्त जनसंख्या मतदानमा सहभागी हुँदैछ । जारी मतदानमा प्रधानमन्त्री हुन सेनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले सहज जित निकाल्ने प्रक्षेपण गरिएको छ।
कम्बोडियामा हुन सेनले सन् १९८५ यता ३५ वर्षदेखि शासन चलाइरहेका छन्।
लामो समयसँग सत्तामा रहेको सीपीसँग १७ साना दल चुनावी दौडमा छन् । यद्यपि, साढे तीन दशकयता सत्तामा रहेको सेनको पार्टीलाई चुनौती दिनसक्ने जनसमर्थन कसैसँग नरहेको भोट पोलले देखाएको छ । उनको पार्टीले कम्बोडियन राष्ट्रियसभामा १२५ सिट जित्ने प्रक्षेपण गरिएको छ।
हुन सेनको सीपीपीको प्रमुख प्रतिपक्षी मानिएको क्यान्डललाइट पार्टी यसपटक चुनावमा सहभागी नै हुन पाएन। क्यान्डललाइटलाई निर्वाचन आयोगले चुनावमा भाग लिन अयोग्य ठहर गरेसँग सीपीपीको जित सहज भएको हो।








प्रतिक्रिया