इमर्जिङ एसिया कपको फाइनल आज

इमर्जिङ एसिया कप – २०२३ को फाइनल आज भारत र पाकिस्तानबीच हुँदैछ । भारत र पाकिस्तानको ए टिम बिचको यो भिडन्त श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा दिउँसो सबा २ बजे सुरु हुनेछ भने टस दिउँसो १ः४५ बजे हुनेछ ।
भारतले यो प्रतियोगितामा एउटै खेल हारेको छैन जबकि पाकिस्तानले आफ्नो एक मात्र खेल भारतसँग हारेको छ । पाकिस्तान सेमिफाइनलमा श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । रोमाञ्चक सेमिफाइनलमा भारतले बंगलादेशलाई ५१ रनले हराएको थियो । स्मरण रहोस यो प्रतियोगितामा नेपाल फाइनल पुगेका यी दुबै देस सँग पराजित भएको थियो ।
इमर्जिङ एसिया कप पहिलो पटक २०१३ मा खेलिएको थियो जसमा सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले फाइनलमा पाकिस्तान-एलाई पराजित गर्दै उपाधि जितेको थियो । २०१७ र २०१८ मा श्रीलंका-एले पाकिस्तान ए तथा भारत-एलाई पराजित गर्दै लगातार २ पटक उपाधि जितेको थियो।
पाकिस्तान-ए २०१९ मा च्याम्पियन भएको थियो । त्यसपछि कोरोनाका कारण रोकिएको यो प्रतियोगिता यसपटक (२०२३ ) फेरि आयोजना भएको हो । आज भारत र पाकिस्तान जसले उपाधि जिते पनि यो उसको दोस्रो इमर्जिङ एसिया कपको उपाधि हुनेछ।

प्रतिक्रिया