शनिबार, असार २१, २०८२

‘श्रीलङ्कासँग पर्याप्त इन्धन छ’

नेपालखोज २०८० साउन ८ गते ६:४८

कोलम्बो । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलङ्कासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएका छन् ।

राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिए ।

श्रीलङ्कासँग ३५ हजार ४०२ मेट्रिक टन ओक्टेन ९२, पाँच हजार ३६७ मेट्रिक टन अक्टेन ९५ पेट्रोल र ३० हजार १७३ मेट्रिक टन जेट इन्धन मौज्दात रहेको उक्त अवसरमा उनले बताए । श्रीलङ्काले आगामी महिना पुनः सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको छ, जुन यस वर्षको तेस्रो वृद्धि हो ।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।

प्रतिक्रिया