IQOO Neo 7 Pro 5G फोन

काठमाडौं । IQ Neo 7 Pro 5G गेमिङ स्मार्टफोन हो । यो फोनमा केही यस्ता फिचर छन जसले यसलाई अन्य स्मार्टफोनको तुलनामा फरक बनाउँछ।
IQ Neo 7 Pro 5G को शक्ति र सुविधा
यो फोनमा कर्भ ब्याक प्यानल दिइएको छ भने यसमा मेटल फ्रेम छ । यो फोन फियरलेस फ्लेम र डार्क स्टर्म दुई कलरमा उपलब्ध हुन्छ । फ्लेम कलर भेरियन्टमा लेदर ब्याक प्रयोग गरिएको छ । यसैगरी डार्क स्टर्ममा एजी ग्लास कोटेड ब्याक प्रयोग गरिएको छ।
यो फोनमा ६.७८ इन्चक E5 AMOLED डिस्प्ले दिइएको छ। यसमा 120Hz रिफ्रेस रेट समर्थनका साथ १,५०० निट्सको पीक ब्राइटनेस रहनेछ। यो फोन HDR10+ सपोर्टको साथ आउँछ। यसमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सपोर्ट प्रदान गरिएको छ।
फोनमा शक्तिशाली Snapdragon 8+ Gen 1 प्रोसेसर दिइएको छ। यसको बेन्चमार्क Antutu स्कोर १,३१६,५१४ हो। पहिलो पटक एउटै फोनमा दुईवटा चिपसेट दिइएको छ । यसको एउटा चिपसेट विशेष रूपमा गेमिङका लागि डिजाइन गरिएको हो। यो फोन LPDDR5 RAM र UFS 3.1 स्टोरेजका साथ उपलब्ध हुन्छ ।
यो फोनमा ५,००० एमएएच ब्याट्री दिइएको छ भने यसमा १२० वाटको फास्ट चार्जिङ सपोर्ट छ जसले गर्दा यो फोन ८ मिनेटमा शून्य देखि ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
यो फोनमा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ। यसको मुख्य क्यामेरा ५० एमपिको छ जुन ओआईएस समर्थनका साथ आउँछ।
यस बाहेक यसमा ८ एमपी अल्ट्रा वाइड एंगल लेन्सका साथमा २ एमपी म्याइक्रो क्यामेरा पनि दिइएको छ । यो फोनको अगाडि १६ एमपीको क्यामेरा छ।
मूल्य : IQ Neo 7 Pro 5G स्मार्टफोनको 8GB RAM र 128GB को अन्तर्राष्ट्रिय बजार मूल्य ५७ , ५९८ रुपैयाँ हो ।
प्रतिक्रिया