आइतबार, असार ८, २०८२

अर्थमन्त्रीको दाबी : मैले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातियो

नेपालखोज २०८० साउन ८ गते १४:०३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।

सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले त्यो आफूले गरेको पत्रकार सम्मेलनमा पटक-पटक दोहोर्‍याए ।

उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ । सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’

प्रतिक्रिया