गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान
नेपालखोज
२०८० साउन ८ गते १६:५५

काठमाडौं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छिन् ।
१३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
गौरिकाको यसअघिको भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाएकी थिइन् ।
नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाए ।
सम्बन्धित

प्रतिक्रिया