३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद
नेपालखोज
२०८० साउन ९ गते १५:००

काठमाडौं । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको छ ।
सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
सम्बन्धित
प्रतिक्रिया