भोलेनाथको आशीर्वाद प्राप्त गर्ने मन्त्र
नेपालखोज
२०८० साउन १० गते ५:००

ओम नमः शिवाय
यो मन्त्रको जप दिनमा १०८ पटक गरे मानिसको शरीर र मन दुबै शान्त हुने बताइन्छ ।
ओम त्र्यम्बकम यजमाहे सुगन्धी पुष्टिवर्धनम्। उर्वरुकमिव बन्धनन् मृत्युोर्मक्षिय ममृतत्।
यो हो महामृत्युञ्जय जाप । यो मन्त्र जप गर्दा अकाल मृत्युले सताउँदैन ।
ओम नमो भगवते रुद्राय नमः
यो मन्त्रलाई रुद्र मन्त्र पनि भनिन्छ । यो मन्त्रले आफ्ना सबै मनोकामना भगवान शिवमा पुर्याउने विश्वास गरिन्छ ।
ओम तत्पुरुषाय विद्महे महादेवाय धीमही तन्नो रुद्रस् प्रचोदयात१
यो शिव गायत्री मन्त्र हो जसलाई सर्वशक्तिमान मानिन्छ । यो मन्त्रले मानिसलाई सुख ( शान्ति प्रदान गर्दछ।
ओम साम्ब सदाशिव नमः
भगवान शिवको यो मन्त्र जप गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ।
शिव उपासना मन्त्र
श्री शिवाय नमः ।।
श्री शंकराय नमः ।।
श्री महेशवराय नमः ।।
ॐ नमो भगवते रूद्राय ।।
सम्बन्धित
प्रतिक्रिया