प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

नेपालखोज २०८० साउन १० गते ६:४९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ । 

प्रतिक्रिया