क्यानाडामा सन्दीप र दीपेन्द्रको प्रदर्सन

काठमाडाैं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलरान्ड प्रदर्शनमा मोन्टरिएल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानाडामा भ्यानकुभर नाइट्सलाई ६ विकेटले हराएको छ । आफ्नो टिमलाई जिताउन दीपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।
जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उक्त खेलमा दीपेन्द्र २२ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे । एक समय ६७ ( ४ को अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले पाँचौं विकेटका लागि रदरफर्डसँग ८६ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए ।
नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको राम्रो बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । यो सर्रेको पहिलो जित हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाँउँदै १ सय ४१ रन बनाएको थियो । जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो । उसका लागि कोलिन मुनरोले २७ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाए । मुनरो सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।
यसैगरी सन्दीपले अर्मान कपुरलाई १६ रनमा जनिन्दर सिंहबाट क्याच आउट समेत गराएका थिए । यो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया