यस्ताे छ आज डलरकाे भाउ

नेपालखोज २०८० साउन १० गते १०:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३६ रुपैयाँ ०२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया