सुन प्रकरणलाई लिएर एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने
नेपालखोज
२०८० साउन १० गते ११:००

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ।
अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको भन्दै एमालेले राजिनामा माग्न लागेको हो।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो।
सम्बन्धित

प्रतिक्रिया