आइतबार, असार ८, २०८२

कांग्रेसले मंसिर ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय

नेपालखोज २०८० साउन १० गते १९:१९
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय गरेकाे छ । नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ ।

कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीध्र पारित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

संसद्‌मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो ।

प्रतिक्रिया