बुधबार, जेठ २, २०८१

यी तटीय क्षेत्रमा बिहान ७ बजेसम्म उच्च सतर्क रहन आग्रह, पाँचवटा प्रदेशमा भारी वर्षा हुने

नेपालखोज २०८० साउन ११ गते ५:४६

काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा बूढानीलकण्ठ, जितपुर र आसपासकाे क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ ।विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया