स्तनपानमा घरपरिवारको भूमिका
नेपालखोज
२०८० साउन ११ गते ९:४५

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु शिशुको अधिकार हो, जसलाई परिवार र राज्यले आमाले शिशुको हक सुनिश्चित गर्नुपर्दछ ।
राज्यले पनि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दुधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । यस अधिकारलाई सुनिश्चित गर्न परिवारले निम्न भूमिका खेल्नुपर्छ ।
- बिगौती दुध शिशुको लागि खोप सरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्छ ।
- सुत्केरीलाई आरामगर्ने कामको बोझ कम गर्नमा परिवारको ठुलो भूमिका हुन्छ ।
- श्रीमान्ले विशेषतः काममा सघाउने, श्रीमतीलाई माया, विश्वास र आराम दिनुपर्छ ।
- ६ महिनासम्म आमाको दुधमात्र खुवाउन सहयोग गर्ने र ६ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दुधसँगै पूरक खाना पनि खुवाउन सहयोग गर्नुपर्दछ ।
- आमालाई दैनिक ५ किसिमका खानाहरू अन्य अवस्थामा भन्दा थप २ पटक खुवाउनुपर्छ ।
युनिसेफ नेपाल
सम्बन्धित
प्रतिक्रिया