एमालेले गर्याे राष्ट्रियसभाको बैठक पनि अवरोध
नेपालखोज
२०८० साउन ११ गते ११:११

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ । एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेको हो ।
एमालेले बुधबारको प्रतिनिधिसभाको बैठक पनि दुई मन्त्रीको राजीनामा माग्दै अवरोध गरेको थियो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया