आइसीसी टी-ट्वान्टी विश्वकप : आयरल्यान्ड र स्कटल्यान्डले बनाए स्थान
नेपालखोज
२०८० साउन ११ गते २०:०१

काठमाडाैं । आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसीसी टि-ट्वान्टी विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।
स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । आयरल्यान्ड र स्कटल्यान्डबीच शुक्रबार खेल हुनेछ ।
उक्त खेलको नतिजाले प्रतियोगिता विजेता निर्धारण गर्नेछ । जमर्नीसँगको खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप खेल्ने पक्का भएको थियो । आयरल्यान्ड ५ खेलमा ४ मा जितसहित ९ अंकका साथ दोस्रो स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया