बुधबार, वैशाख १९, २०८१

सानिमा बैंकको एटीएम ताल्ती धादिङमा

नेपालखोज २०८० साउन ११ गते १९:५४

काठमाडौं । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट नारायणी प्रालि उद्योगको परिसरमा एटीएम बुथको स्थापना गरेको छ ।

उक्त एटीएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर सियाङ चाङ हुंङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्री हेमराज भुजेल तथा जेनेरल मेनेजर हुंङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिए । त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटीएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे ।

साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठले गरेका थिए । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

प्रतिक्रिया