सोमबार, वैशाख १७, २०८१

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेप्सेमा सूचीकृत

नेपालखोज २०८० साउन २३ गते २०:२३

काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सात करोड ५० लाख ७२ हजार तीन सय ९० इकाईहरु मंगलबार नेप्सेमा सुचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ ।

सूचीकृच उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार यही साउन २४ गते मंगलबारदेखि गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया