वैज्ञानिकको चेतावनी – संसारमा विनाश आउनेछ

वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यदि पृथ्वी यसरी नै तातो भइरह्यो भने केही दशकमा समुद्री धाराहरूको महत्त्वपूर्ण प्रणाली ध्वस्त हुन सक्छ। यो विश्वको मौसमका लागि विनाशकारी साबित हुनेछ र पृथ्वीका सबै प्राणि प्रभावित हुनेछन ।
नेचर जर्नलमा यहि साता प्रकाशित एउटा नयाँ अध्ययन अनुसार एट्लान्टिक मेरिडियन ओभरटर्निङ करेन्ट ९ब्ःइऋ० जुन गल्फ स्ट्रिमको एक हिस्सा पनि हो , त्यो यो शताब्दीको मध्यमा वा छिटोमा २०२५ को शुरु मै ढल्न सक्छ ।
सीएनएनको रिपोर्ट अनुसार यो अध्ययनमा संलग्न वैज्ञानिकहरूले यो महत्त्वपूर्ण प्रणाली भएको बताएका छन् । यसको पतनको सटिक बिन्दु अनिश्चित छ । उनीहरु भन्छन् ( धाराको मापनले अहिलेसम्म थोरै परिवर्तन देखाएको छ तर नयाँ अनुसन्धान चिन्ताजनक छ ।
टर्निङ प्वाइन्ट चाँडै आउन सक्छ। ब्ःइऋ लाई प्रवाहहरूको विशाल कन्वेयर बेल्टका रूपमा सोच्न सकिन्छ। यसले उष्णकटिबंधीय क्षेत्रबाट तातो पानीलाई उत्तरी अटलान्टिकतर्फ लान्छ । यहाँको पानी चिसो र नुनिलो हुन्छ। उक्त पानी दक्षिणमा फैलनु अघि महासागरमा गहिरो डुब्छ।
समुद्रको सतह बढ्नेछ
यसले विश्वको जलवायु प्रणाली र मौसम ढाँचालाई नियमन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसको पतनले ठूलो प्रभाव पार्नेछ। यसका कारण समुन्द्री सतहमा बृद्धि भई युरोप र अमेरिका लगायत विश्वका तटीय क्षेत्र प्रभावित हुनेछन् । यहाँ जाडो मौसम पनि भयानक हुनेछ। यसका साथै उष्ण कटिबन्धीय क्षेत्रमा मनसुनको समय सर्नेछ भने वर्षाको ढाँचा पनि बिग्रनेछ।
सन्तुलन गुमाउने जोखिम
जलवायु संकट तीव्र हुँदै गएपछि वैज्ञानिकहरूले वर्षौंदेखि यसको अस्थिरताको चेतावनी दिइरहेका छन् । यी धाराहरूको शक्ति तापमान र लवणतामा निर्भर गर्दछ तर सन्तुलन खराब भए तिनीहरू जोखिममा हुनेछन् । जसरी महासागरहरू ताता हुन्छन् र बरफ पग्लिन्छ, समुद्रमा ताजा पानी थपिन्छ । त्यसले पानीको घनत्व कम गर्छ र यसलाई डुब्न कम सक्षम बनाउँछ । यो ुकन्भेयर बेल्टु रोकिन्छ जब पानी धेरै ताजा धेरै तातो वा दुवै हुन्छ।
यस्तो पहिले पनि भएको थियो
यसअघि पनि यस्तो भएको थियो । १२,००० वर्ष पहिले ग्लेशियरहरू छिटो पग्लिए र त्यसपछि एएमओसी ९ ब्ःइऋ ० रोकियो । नतिजाका रूपमा, एक दशक भित्र उत्तरी गोलार्धको तापमानमा १०.१५ डिग्री सेल्सियसको ठूलो उतार(चढ़ाव देखियो। वुड्स होल ओशनोग्राफिक इन्स्टिच्युटका अध्यक्ष पीटर डे मेनोकल भन्छन् – एएमओसी बन्द हुँदा पृथ्वीमा भएका सबैलाई असर पर्नेछ । चाहे त्यो अमेरिका होस्, चीन, भारत वा रुस ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले यो शताब्दीमा एएमओसी कमजोर हुने भविष्यवाणी गरेको छ। यद्यपि सन् २१०० अघि यो पूर्ण रूपमा भत्किने सम्भावना छैन तर नयाँ अध्ययन डरलाग्दो भने अवश्य छ ।

प्रतिक्रिया