फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका ३ खेल हुँदै
नेपालखोज
२०८० साउन १२ गते ७:२४

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आज पनि समूह चरणका ३ खेल हुँदै छन् । आज समूह चरण अन्तर्गत समूह डीका २ खेल र समूह जीको एउटा खेल हुने छ ।
समूह डींमा रहेका इंग्ल्याण्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुने छ । डेनमार्क इंग्ल्याण्डको समान तीन अंक रहेको छ । आज जितका साथ स्पष्ट ३ अंक थप्ने टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले अर्को खेलमा भर पर्नुपर्ने छ ।
इंग्ल्याण्ड र डेनमार्कबिचको खेल दिउँसो सवा २ बजे सुरुहुने छ । यस्तै, यो समूहमा रहेका चीन र हाइटी पनि आजै खेल्दै छन् । दुवै टिमले पहिलो खेल गुमाएले आज जित निकाल्दै प्रतियोगितामा टिकिरहने लक्ष्यमा रहेका छन् । यो खेल अपरान्ह पौने ५ बजे सुरुहुने छ ।
सम्बन्धित

प्रतिक्रिया