सस्तो देशको सुचिमा नेपाल कहाँ छ ?

नेपालखोज २०८० साउन १२ गते १५:४९

काठमाडाैं । वल्ड अफ स्ट्याटिस्टिक्सले बस्नखान सस्तो पर्ने देशहरुको सूची सार्वजनिक गरेको छ । यो सूचि अनुसार सिरिया १० नम्बरमा छ । अन्य देशको तुलनामा यहाँ बस्न र खाने खर्च कम छ । यसैगरी ९ औं नम्बर किर्गिस्तान छ । यो देशमा बस्न – खान तुलनात्मक रुपमा सस्तो छ । आठौं नम्बरमा युक्रेन जहाँ जीवन चलाउन अन्य देशको तुलनामा सस्तो छ भने सातौं नम्बरमा श्रीलंका छ ।

नेपाल यो सुचिको ६ नम्बरमा छ । नेपालको देशमा बसाइ र खाना दुबैलाइ किफायति मानिएको छ । लिबिया पाँचौं नम्बरमा रहेको देश हो भने कोलम्बिया चौथो नम्बरमा छ । यसैगरी हाम्रो छिमेकी मुलुक भारत सस्तो देसको सुचिको तेस्रो स्थानमा छ । इजिप्टलाइ दोस्रो नम्बरमा राखिएको यो सुचिमा अर्को दक्षिण एशियाली राष्ट्र पाकिस्तान पहिलो नम्बरमा छ ।

प्रतिक्रिया