महिला विश्वकप फुटबल : हाइटीमाथि चीनकाे सहज जीत
काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा चीनले हाइटीलाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको चीनले हाइटीमाथि १–० को जित निकालेको हो ।
चीनको जितमा दोस्रो हाफमा सुआङ वाङले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए ।
हिन्डमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा शुक्रबार भएको खेलमा चीन पहिलो हाफमै १० खेलाडीमा समेटिएपनि महत्वपूर्ण जित निकाल्न सफल भयो ।
चीन २८औं मिनेटमा नै १० खेलाडीमा समेटिन पुगेको थियो । रुई झाङ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिइन् । सेली ज्युडीमाथि फउल गरेपछि रेफ्रीले सुरुवातमा पहेलो कार्ड देखाएपनि पछि भिएआरको सहायतामा कार्ड परिवर्तन गरी उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइन् । तर, त्यसले चीनलाई समस्या भएन ।
१० खेलाडीमा समेटिएपनि चीनले बल पोसेसन राख्दै हाइटीमाथि लागतार आक्रमण बुनिरह्योे । फलस्वरुप ७४औं मिनेटमा चीनले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो ।

प्रतिक्रिया