नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १२ गते २२:०७

राष्ट्रपति रामचन्द्र पौडेलले गरे सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण ।

मुगुमा तीनवटा खाद्य डिपो र दुईवटा बिक्री केन्द्रका गोदाम रित्तिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दियाे युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्नसमेत सुझाव ।

मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले विशेष ‘टास्क फोर्स’ गठन ।

पूर्वाधार विज्ञहरूले पूर्वाधार निर्माणका लागि वैदेशिक ऋण तथा अनुदानलगायतको सहायता लिँदा राष्ट्र हितलाई ध्यानमा राख्न सुझाव ।

प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित ।

फिफा महिला विश्वकप फुटबलमा १० खेलाडीमा समेटिएको चीनले हाइटीमाथि १–० को सहज जित निकाल्याे ।

आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि – २० विश्वकप खेल्ने २० मध्ये १५ देसको टुङ्गो लाग्याे ।

प्रतिक्रिया