इलामको छानो भएको पुल
सुनिल उलक
२०८० साउन १३ गते ८:०४

यहाँ राखिएको छानो भएको पुल इलामको हो । इलामको पुल ५० वर्ष भन्दा अगाडि बनाइएको हो । इनसेटमा राखिएको छानो भएको पुल खवाङ खोलामा बनाइएको सानो पुल हो । यो पुल भने २०५० को दशकमा बनाइएको भन्ने देखिन्छ । यसको निर्माण बारेमा खासै कुनै जानकारी भेटिएन ।
पुलमा छानो राखेर बनाउने काठे पुलहरुमा मात्र गरिन्छ । अचेल काठे पुलहरु कम नै बनाइने हुँदा खासै छाना भएको पुलहरु बनाइदैन । पुराना काठे पुलहरु पनि झोलुङ्गे पुल तथा कंक्रिट पुलहरुले गर्दा बिस्थापित भइसकेका हुँदा पुराना छानो भएको पुलहरु प्राय हराइसकेका छन् । केही कहिँ कतै बचेका पनि हुन सक्छन् ।
सम्बन्धित

प्रतिक्रिया