इटालीमाथि स्वीडेनको सानदार जित

नेपालखोज २०८० साउन १३ गते १६:३४

वेलिङ्टन । इटालीमाथि सानदार जित निकाल्दै स्वीडेन एक खेल बाँकी छँदै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

स्वीडेनले इटालीमाथि ५–० को सानदार जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम १६ मा पुग्न सफल भएको हो । यससँगै स्वीडेन नकआउट चरणमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि स्पेन र जापान नकआउट चरणमा पुगिसकेको छ ।

वेलिङ्टन रिजनल स्टेडियम न्युजिल्यान्डमा शनिबार भएको खेलमा स्वीडेनको सानदार जितमा अमेन्डा आइलेस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनिअस र रेविका ब्लोमभिस्टले समान एक गोल गरिन् । स्वीडेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

गोलको वर्षा भएको खेलमा स्वीडेनले पहिलो हाफको अन्त्यतिर ८ मिनेटको अन्तरमा तीन गोल थप्दै आरामदायी अग्रता लिन सफल भएको थियो । ३९औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् । उनले जोना एन्डरसनको पासमा गोल गर्न सफल भइन् ।

४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टिनाले गोल थपेपछि स्वीडेन ३–० को बलियो स्थितिमा पुग्यो ।

अब समूह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिनासँग तथा इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ । स्वीडेनलाई हार र बराबरीले कुनै फरक पर्नेछैन । इटालीलाई नकआउट चरण पुग्न दक्षिण अफ्रिकासँग बराबरी या अर्काे खेलमा अर्जेन्टिना रोकिनुपर्ने हुन्छ ।

प्रतिक्रिया