फिफा महिला विश्वकप : फ्रान्सले ब्राजिललाई २–१ ले हरायाे

नेपालखोज २०८० साउन १३ गते १९:१८

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिलमाथि रोमाञ्चक जित निकालेको छ । फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गरेकाे हाे ।

फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले गोल गरिन् । ब्राजिलकी डेविन्हाले एक गोल फर्काइन् । ब्रिसवन स्टेडियम अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धातमक खेलमा फ्रान्सले खेलको १७औं मिनेटमा नै अग्रता लिन सफल भएको थियो ।

५८औं मिनेटमा डेविन्हाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि ८३ओं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई महत्वपूर्ण जित दिलाइन् । उनले सेल्मा बाचाको पासमा गोल गर्न सफल भएकी थिइन् ।

जारी विश्वकपमा फ्रान्सको यो पहिलो जित तथा ब्राजिलको पहिलो हार हो । यस जितसँगै अपराजित रहेको फ्रान्स दुई खेलबाट ४ अंक जोडेर समह ‘एफ’ मा शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्राजिल समान खेलबाटै ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका जमैका र पानामाको समान १ अंक छ ।

प्रतिक्रिया