नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १३ गते २१:५३

नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित ।

माओवादी पदाधिकारी बैठक : पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने प्रतिवेदनबारे छलफल ।

सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : मन्त्री बस्नेत ।

 फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिलमाथि  २–१ ले जित हासिल ।

सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना ।

अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता ।

जलवायु सङ्कटबारे आवश्यक सहमति बनाउन नेताहरू असफल ।

प्रतिक्रिया