प्रलय आए सरह लोप हुँदै छन् प्रजाति

नेपालखोज २०८० साउन १४ गते ५:४८

काठमाडाैं । चिडियाखानामा बाँचेका जीवजन्तुहरूमार्फत वन वा अन्य प्राकृतिक बासस्थानमा लोप भैसकेका जीवजन्तुको जनसङ्ख्यालाई सामान्य स्तरमा ल्याउन निकै गाह्रो भैरहेको वैज्ञानिकहरू बताउँछन् । प्राकृतिक बासस्थानमा १० भन्दा कममा झरेका जनावरको जनसंख्या बढाउन यस्ता जनावरलाई चिडियाखानाबाट फेरि जंगलमै लगेर छोडिन्छ ।

यो नयाँ अध्ययनपछि विज्ञहरूले यस्ता बिलुप्त हुनलागेका जनावरको जनसङ्ख्या बढाउन गाह्रो भएको बताएका हुन् किनभने जुन कारणले जनावरको सङ्ख्या घटेको हो ती कारणहरू यथावत छन् । अध्ययनपछि विज्ञहरूले ती जनावरलाई लोप हुने संघारमा पुर्‍याएको खतरा पनि जंगलमा फिर्ता पठाइएका जीवहरूको अगाडि रहेको बताएका छन् । यसमा जैविक विविधताको अभाव तथा चोरी शिकारी आदि प्रमुख छन् ।

तैपनि वैज्ञानिकहरूले संरक्षणको प्रयासलाई आवश्यक मानेका छन् र यदि यो प्रयास नगरिएको भए यी जनावरहरू धेरै अघि नै लोप भैसक्ने उनिहरु बताउँछन् । सन् १९५० यता लोप भएका करिब १०० प्रजाति छन् । यसका मुख्य कारणहरू शिकार, वन फँडानी, घट्दै गएको प्राकृतिक बासस्थान आदि हुन् ।

लामो हुँदै गएको सूची

जंगलमा विलुप्तु हुनलागेका जनावरहरुलाई सन् १९९४ मा लोप हुने जोखिममा रहेका जनावरहरूको रातो सूचीमा राखिएको थियो। साइन्स एन्ड डाइभर्सिटी नामक अनुसन्धान पत्रिकामा प्रकाशित शोधपत्रमा रातो सूचीमा परेका जीवजन्तुलाई जंगलमा फिर्ता पठाएर जनसङ्ख्या बढाउने प्रयास गर्दा १२ प्रजातिको जनसङ्ख्या बढेको कुरा उल्लेख गरिएको छ ।

११ प्रजातिको अवस्था डायनासोर, डोडो र प्यासिफिक आइल्याण्डका दर्जनौं रूखको जस्तै थियो। तिनीहरू फेरि फस्टाउन सकेनन्। ६६० मिलियन वर्ष पहिले पेरिसको आकारको उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि डायनासोर सहित धेरै प्रजाति लोप भएका थिए । अहिले जैविक विविधताले पनि त्यस्तै संकटको सामना गरिरहेको छ ।

५० अर्ब वर्षयता पृथ्वीमा अहिलेसम्म पाँचवटा सामूहिक विनाशका घटना भैसकेका छन् । मानवजातिले पृथ्वीलाई छैटौं सामूहिक विलुप्तीको नजिक पु¥याएको र प्रजातिहरू सामान्यभन्दा १०० देखि एक हजार गुणा छिटो लोप हुँदै गएको वैज्ञानिकहरू बताउँछन् ।

विनाशको ढोकामा

अनुसन्धान पत्रमा लेखकहरू भन्छन् ( हाम्रो हेरचाहमा रहेका ११ वटा प्रजाति लोप भइसकेका छन् । १५ जना शोधकर्ताले तयार पारेको यो प्रतिवेदनमा लोप हुने खतरामा भएका प्रजातिहरूलाई बचाउने केही अवसर छन् भन्दै त्यसको फाइदा उठाउनु पर्ने कुरा उल्लेख गरेका छन ।

करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अर्को अध्ययनमा वैज्ञानिकहरूले २५० मिलियन वर्षअघि भएको प्रलयकारी घटनाको अध्ययन गरेका छन् जसमा पृथ्वीमा रहेका ९५ प्रतिशत जीवित जीवहरू नष्ट भएका थिए।

उक्त अनुसन्धानमा संलग्न चाइना युनिभर्सिटी अफ जियोसाइन्सका युआनहेङ ह्वाङ भन्छन् – यतिबेला प्रजातिहरू लोप हुने दर अघिल्लो कुनै पनि प्रकोपको तुलनामा तीव्र छ । हामी यो कुन बिन्दुमा पुग्छ भनेर भविष्यवाणी गर्न सक्दैनौं । यदि हामिले जैविक विविधताको हानि रोक्न सकेनौं भने जवजन्तुहरु यसरी नै पूरै नष्ट भएर जानेछन ।

AFP

प्रतिक्रिया