मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले वंशजको नागरिकता पाए
नेपालखोज
२०८० साउन १४ गते ११:४५

विराटनगर । मोरङमा जन्मसिद्धका सन्तानले नागरिकता पाउन अझै डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिलाउने प्रक्रिया सुरु भए पनि धेरै निवेदन परेकाले समय लाग्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० वटा सम्म जन्मका आधार पाउने नागरिकता वितरण गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा अहिले सम्म १२ हजार जनाले नागरिकताका लागि निवेदन दिएका छन् । निवेदन दिएकाहरूले पुससम्ममा नागरिकता पाइसक्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
२०६३/०६४ सालमा मोरङ जिल्लामा मात्र वंशजका आधारमा मोरङमा ३५ हजारले नागरिकता वितरण गरिएको प्रशासनको तथ्याङ्क छ । मोरङमा करिब ५० देखि ६० हजारको हाराहारीमा अझै नागरिकताका लागि कुरिरहेको अनुमान गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया