बुधबार, जेठ २, २०८१

सवा करोडको सिन्का आयात

नेपालखोज २०८० साउन १४ गते १७:००

काठमाडौं । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ ।

बाँस र काठबाट बनेका यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ । त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ ।

विभागका अनुसार गत आवमा दुई करोड ५ लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

प्रतिक्रिया