युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानु : परराष्ट्र मन्त्रालय
नेपालखोज
२०८० साउन १६ गते १८:१७

काठमाडौं । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ ।
आज मंगलबार विज्ञप्ति निकालेर मन्त्रालयले यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन पनि भनेको छ ।
नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले यस्तो आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया