पेट्रोल, डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो
नेपालखोज
२०८० साउन १७ गते ५:२८

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ भने ग्यासको मूल्य घटेकाे छ । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर सात/सात रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।
सम्बन्धित

प्रतिक्रिया