शनिबार, वैशाख २९, २०८१

किन नेपाल दुरसंचार प्राधिकरण TERAMOCS प्रविधि जडान गर्न चाहन्छ ?

नेपालखोज २०८० साउन १७ गते १३:५५

काठमाडौं । दुरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण र न्युनीकरण गर्न प्राधिकरणले TERAMOCS (Telecommunication Traffic Monitoring and Fraud Control System) प्रविधि जडान गर्न लागेको छ ।

प्राधिकरणले सेवाप्रदायकहरुको नेटवर्क बाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको जांंच गर्ने हेतुले सो सेवा सुरु गर्न लागेको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसंचार कम्पनीहरुको घट्दो राजस्व को कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा VOIP जस्ता अराधीक क्रियाकलापहरु रोक्ने / पहिचान गर्ने कार्यमा यस प्रणालीले सहयोग गर्नेछ |

दूरसंचार सेवा प्रदायक कम्पनीहरुको बार्षिक आय घटीरहेको कम्पनीको नेटवर्क को विस्तार र ग्राहक संख्यामा वृद्धि हुदै गर्दा पनि आम्दानी घट्नेक्रम जारी रहेको, पटक पटक कम्पनी हरुको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्वन्धमा विभिन्न क्षेत्रबाट प्रश्नहरु उठिरहेको र प्राधिकरणको तर्फ बाट गुणस्तर एकिन गर्न नमुना Drive Test गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहकको सेवा पाउने अधिकार तथा नेपाल सरकारले गुमाई रहेको अरबौको राजश्वको रोक थाम गर्नु का साथै भबिश्य मा राज्य ले आपनाउनु पर्ने नीतिनियमको तर्जुमा गर्नको लागि TERAMOCS SYSTEM जडान गर्न लागेको हो ।

विस्तृतः

प्रतिक्रिया