शुक्रबार, वैशाख १२, २०८२

‘आँखा नभए पनि संसारकै महान् संगीतकार’

नेपालखोज २०८० साउन १८ गते ५:४८

जोसे फेलिसियानो जन्मजात दृष्टिविहीन थिए। हुर्कदै गएपछि संसारलाई चिन्ने उनको चाहना बढ्दै गयो । एक दिन उनी साथीहरूसँग कुरा गर्दै थिए। उसले आफ्ना साथीहरूलाई भने, ‘म चाहन्छु कि मानिसहरूले मलाई चिनून् , जानुन ।’ उनका एक साथीले व्यंग्य गर्दै भने, ‘जोस, तिमि अन्धो छौ । तिमी जस्तो अन्धो मान्छे कसरी प्रख्यात हुन सक्छ, तिम्रो दुनियाँमा रङ छैन, तिमीलाई किन चिनिन मन लाग्छ ?’

उनका सबै साथीकाेमा सहमत भए भने यो जोसको लागि सम्भव छैन, कम्तिमा यो जीवनमा । जोस विचलित भएनन्। उनले भने, ‘म अन्धो छु, म केही गर्न सक्दिनँ भन्ने सोच्नुहुन्छे भने गलत हुनुहुन्छ । यदि मेरो आँखामा रङहरू हेर्ने शक्ति छैन भने पनि के भयो र रु म मेरो मेहनतले आफ्नो जीवनमा रंग भर्न सक्छु ।

जोसलाई गितार बजाउन मन पर्थ्यो। अब उनले दिनरात आफ्नो गिटारमा अभ्यास गर्न थाले। गितार बजाउन थाकेपछि उनलाई आफ्नो साथीको व्यंग्यात्मक टिप्पणी सम्झना हुन्थ्यो। त्यसपछि उनको हात गिटारमा चल्न थाल्थ्यो ।

गितारको अभ्यास गर्दा धेरै पटक हातबाट रगत बग्थ्यो तर पनि उनले अभ्यासलाई निरन्तरता दिए । अन्ततः उनको कडा परिश्रम सार्थक भयो र उनको संगीतले पहिचान पाउन थाल्यो। बिस्तारै उनि प्रसिद्ध भए र एक दिन आयो जब उनि संसारभर एक महान संगीतकारका रूपमा चिनिए । जोसले संगीतको माध्यमबाट आफ्नो जीवनमा रंग भरे।

जोसको जिवनबाट सिक्न सकिने कुरा स् दृढ संकल्पका साथ मानिसले जिवनका हरेक बाधालाई तोडेर सफलताको शिखरमा पुग्न सक्छ ।

प्रतिक्रिया