हरेक वर्ष ३७ लाख मानिसको ज्यान लिन्छ चुलो

विश्वको जनसंख्याको एक तिहाइ अर्थात् करिब २.३ बिलियन मानिसले अझै पनि खाना पकाउने अस्वस्थ तरिकाहरू प्रयोग गर्छन् जुन वातावरणका लागि मात्र होइन आफ्नै स्वास्थ्यका लागि पनि हानिकारक छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी तथा अफ्रिकी विकास बैंकले जारी गरेको एक अध्ययन मा भनिएको छ ( २.३ बिलियन मानिसहरू अझै पनि खुला आगोमा वा मट्टितेलको चुलोमा खाना पकाउँछन्, जुन उनीहरूको स्वास्थ्य र प्रकृति दुवैका दृष्टिले खतरनाक छ।
प्रतिवेदनले २०३० सम्म सबैका लागि सफा खाना पकाउने पहुँच प्रदान गर्न ८ बिलियन डलर वार्षिक लगानी आवश्यक पर्ने कुरा बताएको छ। अफ्रिका विकास बैंकका अध्यक्ष अकिनवुमी एडेसिनाले भने ( स्वच्छ खाना पकाउने विधिहरूमा पहुँचको अभावले जनस्वास्थ्य, वन फँडानी र हरितगृह ग्यास उत्सर्जनमा असर गरिरहेको छ।
सबैभन्दा बढी प्रभावित महिला
प्रतिवेदनमा प्रत्येक वर्ष खाना पकाउनका लागि दाउरा सङ्कलन गर्न आयरल्यान्ड बराबरको जङ्गल काटिने गरेको छ । कोइला, काठ, गाईको गोबर वा इन्धनका रूपमा बाली काट्ने सामग्रीको प्रयोगबाट निस्कने धुवाँले वार्षिक ३।७ मिलियन मानिसको ज्यान लिइरहेको छ, जुन अप्राकृतिक मृत्युको तेस्रो ठूलो कारण हो। अध्ययन अनुसार यसको सबैभन्दा नराम्रो असर महिलामा परेको छ, जो यस्तो खाना पकाउने काममा सबैभन्दा नजिकको सिकार हुन्छन् । इन्धन जुटाउने जिम्मेवारी पनि उनिहरु माथि नै छ, त्यसैले उनीहरु शिक्षा र रोजगारीबाट समेत वञ्चित छन्।
अफ्रिकामा खराब स्थिति
सन् २०१० यता चीन, भारत र इन्डोनेसियाले सफा खाना पकाउने विधिमा पहुँच नभएका मानिसको सङ्ख्या आधाले घटाएको छ तर अफ्रिकामा भने अवस्था अझ बिग्रँदै गएको र वर्तमान नीति परिवर्तन नगरिए आगामी तीन दशकमा पनि यो समस्या समाधान नहुने प्रतिवेदनले जनाएको छ ।
इन्टरनेशनल इनर्जी एजेन्सी तथा अफ्रिका डेभलपमेन्ट बैंकले वार्षिक ८ अर्ब डलरको लगानी इन्धन अनुदानको एक प्रतिशत पनि नपुगेको बताएको छ । आइइए ९ क्ष्भ्ब् ०का निर्देशक फतेह बिरोल भन्छन् – स्वच्छ खाना पकाउने विधिहरू प्रदान गर्न प्राविधिक चमत्कार चाहिँदैन। यो केवल गरीबी र लैङ्गिक असमानता अन्त्य गर्न चाहने सरकारहरू, विकास बैंकहरू तथा संस्थाहरूको इच्छामा निर्भर गर्दछ।
रोयटर्स र एएफपी

प्रतिक्रिया